चीनमा बस दुर्घटना- २७ जनाको मृत्यु, २० घाइते

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २५४ पटक पढिएको
चीनमा बस दुर्घटना- २७ जनाको मृत्यु, २० घाइते

काठमाडौँ। दक्षिणपश्चिम चीनमा आइतबार बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। उक्त बसमा ४७ जना यात्रु सवार थिए। ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा ठुलो घातक सकड दुर्घटना बताइएको छ।

उक्त दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको थियो। उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित