नेपालको प्रतिद्वन्दी पाकिस्तानको टोलीमा परिवर्तन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २९६ पटक पढिएको
नेपालको प्रतिद्वन्दी पाकिस्तानको टोलीमा परिवर्तन

काठमाडौं। यसपालिको एसिया कपमा नेपालको आम्नासम्ना गर्ने पाकिस्तानको टोलीमा परिवर्तन गरिएको छ। पाकिस्तानको टोलीमा मध्यक्रमका ब्याट्सम्यान साउद शकीललाई एसिया कपमा समावेश गरिएको छ। यो संगै घोषित १७ सदस्यीय टोलीमा एक सदस्य थप गर्दा १८ जना भएका छन्।

यसअघि टोलीमा समाबेश गरिएका तैयब ताहिरलाई ट्राभलिङ रिजर्भको रुपमा राखिएको छ। शकील प्रारम्भिक १७ सदस्यीय टोलीमा थिएनन् तर अफगानिस्तान द्विपक्षीय सिरिजका लागि एकदिवसीय टोलीका १८ औं सदस्य थिए।

एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले नेपालसँग अगस्ट ३० (भदौ १३ ) मा खेल्दैछ ।

अहिले पाकिस्तान टोलीमा बाबर आजम (कप्तान), अब्दुल्ला शफीक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान, मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस रउफ, मोहम्मद वसीम जुनियर, नसीम शाह, शाहीन अफ्रीदी, साउद शकील, तैयब ताहिर (ट्राभलिङ रिजर्भ ), रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित