भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५८३ पटक पढिएको

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन्। सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो।

सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो । सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले सरकारी रेडियोसँग भन्नुभयो, “केन्द्रको स्थापनापछि रेकर्ड गरिएको यो सबैभन्दा ठूलो भूकम्प हो ।
स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालका अनुसार सरकार नियन्त्रित सिरियाका साथै टर्की समर्थक समूहको कब्जामा रहेको उत्तरी क्षेत्रमा कम्तीमा २४५ जनाको मृत्यु भएको छ । टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा २८४ जनाको मृत्यु भएको र दुई हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताउनुभएको छ । मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् ।
टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सिमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै स्थानीय समयानुसार बिहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको थियो । टर्कीको एएफएडी आपतकालीन सेवा केन्द्रले ७.४ म्याग्निच्यूडको पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।
टर्कीको टेलिभिजनमा सार्वजनिक भएका तस्बिरमा उद्धारकर्मीहरूले कहरमानमारस र छिमेकी गाजियान्टेप शहरमा समतल भवनहरूको भग्नावशेष खनेको देखिएको छ । कहरमनमारसको एउटा चित्रमा आगोले रातको आकाशलाई उज्यालो बनायो, यद्यपि यसको उत्पत्ति अस्पष्ट थियो। अदियामान, मालत्या र दियारबकिर शहरमा पनि भवनहरू भत्किएका छन्, जहाँ एएफपीका पत्रकारहरूले आत्तिएका मानिसहरू सडकमा दौडिरहेको देखेका थिए। कहरमनमारसका गभर्नर ओमेर फारुक कोस्कुनले धेरै भवनहरु ध्वस्त भएका कारण मृतकको सङ्ख्या अनुमान गर्न हतार हुने बताउनुभएको छ । कोस्कुनले भन्नुभयो, “यति धेरै भवनहरु ध्वस्त भएका कारण मृतक र घाइतेको सङ्ख्या अहिले नै बताउन सम्भव छैन । क्षति गम्भीर छ ।”