ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको स्वास्थ्यमा गडबडी, अस्पताल भर्ना

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४२१ पटक पढिएको
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको स्वास्थ्यमा गडबडी, अस्पताल भर्ना

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको स्वास्थ्य गडबड भएपछि अस्पताल भर्ना भएका छन्। बोल्सोनारो पेट दुखेर फ्लोरिडाको ओर्लान्डो नजिकको अस्पतालमा भर्ना भएका बोल्सोनारोकी श्रीमती जानकारी दिएकी छन्।

सन् २०१८ मा बोल्सोनारोलाई धारिलो हतियारले प्रहार गरिएको थियो। त्यस घटना पश्चात उनको पेटमा समस्या आइरहने उनकी श्रीमतीले बताइन्। बोल्सोनारोका परिवारका नजिककाले बताए अनुसार उनको अवस्था चिन्ताजनक नभएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

बोल्सोनारो १० दिनअघि मात्र ब्राजिलबाट अमेरिका गएका थिए। रोयटर्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित