चीनको हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ५१ पटक पढिएको
चीनको हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

चीनको हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ। चीनको राजधानी बेइजिङबाट करिब १६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीमा अझै १ जना हराइरहेकाले घटनास्थलमा खोज तथा उद्धारका काम सुरु गरिएको चीनका सरकारी अधिकारीहरूले जनाएका छन्।

उक्त खानीमा पसेको बाढीको कारण भने पत्ता लागेको छैन। के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर अवगत गराएको छ। हेबेइ खानी फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ।

वर्षेनी यस्तै खानी दुर्घटनाका कारण अधिकांश मजदुरहरुले चीनमा ज्यान गुमाउँदै आएका छन्। बीबीसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित