युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको गाडी दुर्घटनामा

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३७ पटक पढिएको
युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको गाडी दुर्घटनामा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको गाडी दुर्घटनामा परेको छ। राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त क्षेत्र खार्किभबाट किभ फर्किने क्रममा विपरित दिशाबाट आएको गाडीसँग बिहीबार बिहान उनको गाडी ठोकिएको जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति जेलेन्स्की दुर्घटनामा परी सामान्य घाइते भएका छन्। उनका प्रवक्ताले जेलेन्स्कीलाई कहाँ चोट लागेको भने बताएनन्। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित