एशियाकपको उपाधी छैटौं पटक श्रीलंकालाई

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४५ पटक पढिएको
एशियाकपको उपाधी छैटौं पटक श्रीलंकालाई

श्रीलंकाले पाकिस्तानलाई हराउदै छैटौं पटक एशियाकपको उपाधी हात पारेको छ। गएराती सम्पन्न एशिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै सन् २०१४ पछि एशियाकपको फाइनल उपाधी हात पारेको हो।

यसअघि श्रीलंकाले भारतलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको थियो। दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो। ५८ रनमा पाँच विकेटको खराब स्थितिलाई श्रीलंकाका छैटौं विकेटका लागि भानुका राजपक्ष र हसरङ्गाले ३६ बलमा ५८ रनको साझेदारी गर्दै खेलमा पुनरागमन गरेका थिए।

भानुका राजपक्षले ४५ बलमा ७१ रनको अविजित पारी खेल्दै श्रीलंकालाई सम्मानजनक योगफल बनाएका थिए। १७१ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएपछि एशियाकपको उपाधी श्रीलंकाको हातमा गएको हो।

श्रीलंकाले पहिलोपटक एशियाकपको उपाधी सन १९८६ मा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै हात पारेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित