महारानी एलिजाबेथका जेठा छोरा चार्ल्स बेलायतका राजा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४०२ पटक पढिएको
स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका जेठा छोरा चार्ल्स बेलायतका राजा बनेका छन्। लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा ७३ वर्षीय चार्ल्स स्वतः राजा बनेका हुन्।
बिहीबार एलिजाबेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो।
उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्र मण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।
प्रतिक्रिया दिनुहोस