श्रीलंकामा आर्थिक संकट; बालबालिका भोकमरीको चपेटामा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८२ पटक पढिएको
श्रीलंकामा हालै आर्थिक संकटका कारण त्यहाँका बालबालिका भोकमरीको चपेटामा परेको राष्ट्रसंघले चेतावनी दिएको छ। राष्ट्रसंघले दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने चेतावनी दिएको छ।
विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन नसकेका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव रहेको छ। नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए। उनका अनुसार ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन्।’
श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा अघि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस