भारतमा एउटै परिवारका ६ जना मृत अवस्थामा फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५१९ पटक पढिएको
भारतमा एउटै परिवारका ६ जना मृत अवस्थामा फेला

भारतको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एउटै परिवारका ६ जना मृत अवस्थामा भेटिएका छन्। शुक्रबार घटेको उक्त घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ। तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन। घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन। तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ।

प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए। उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ। घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ।

यस सम्बन्ध थप अनुसन्धान भईरहेको भारतीय अधिकारीहरुले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित