रियल मड्रिडका कप्तान करिमलाई युइएफए प्लेयर अफ दि एयरको अवार्ड

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • ३० पटक पढिएको
रियल मड्रिडका कप्तान करिमलाई युइएफए प्लेयर अफ दि एयरको अवार्ड

स्पेनिश क्लब रियल मड्रिडका कप्तान फरवार्ड करिम बेन्जिमाले युइएफए प्लेयर अफ दि एयरको अवार्ड हात पार्न सफल भएका छन्। ३४ वर्षीय फ्रान्सेली बेन्जिमाले म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना र आफ्नो क्लब रियलका थिबाउट कोटुवालाई पछि पार्दै यो अवार्ड हात पारेका हुन्।

बेन्जिमाले युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेवापत उत्कृष्ट खेलाडीको रुपमा यो अवार्ड प्रदान गरिएको हो। फ्रान्सको राष्ट्रिय टिमबाट १९ नम्बरको जर्सी र रियल मड्रिडबाट नौ नम्बरको जर्सीमा देखिने बेन्जिमा गत सिजन रियललाई च्याम्पियन्स लिगको उपाधी दिलाएका थिए।

महिलातर्फको प्लेयर अफ द एयर भने क्याटलन क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित