इरानमा दुई दिनदेखि आएको बाढीले बगाउँदा २४ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५७४ पटक पढिएको
इरानमा दुई दिनदेखि आएको बाढीले बगाउँदा २४ जनाको मृत्यु

भारी वर्षाका कारण दुई दिनदेखि आएको बाढीले इरानको राजधानी तेहरान नजिकै २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन्।

रेड क्रेसेन्टले जारी गरेको विज्ञप्तीमा ‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको’ उल्लेख गरेको छ। इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो।

बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ। बीबीसीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित