भारतमा २४ घण्टामा कोरोना संक्रमण संख्या १८ हजार नाघ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४२५ पटक पढिएको
भारतमा २४ घण्टामा कोरोना संक्रमण संख्या १८ हजार नाघ्यो

भारतमा २४ घण्टामा कोरोना भाइरसका १८ हजार भन्दा बढी संक्रमित थपिएका छन्। गत २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

हाल भारतमा १ लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् भने यो कुल सङ्क्रमितको ०.३० प्रतिशत रहेको छ। भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख भन्दा बढी पुगीसकेको छ। पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ। द टायम्स अफ इंडिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित