जापानका पूर्वप्रधानमन्त्री आबेमाथि हत्याको प्रयास, गोली हान्ने एकजना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४६६ पटक पढिएको
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि हत्याको प्रयास, गोली हान्ने एकजना पक्राउ

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि हत्याको प्रयास भएको छ। जापानको सार्वजनिक रिपोर्ट अनुसार नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको बेलामा उनीमाथि बन्दुक आक्रमण भएको हो।

पूर्वप्रधानमन्त्री आबेमाथि गोली हान्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन्। आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन्। प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ।

६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन्। बीबीसीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित