अमेरिकामा एक करोड भन्दा बढी बालबालिका कोभिड संक्रमित
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८९ पटक पढिएको
अमेरिकामा १ करोड भन्दा बढी बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।
पछिल्लो तथ्यांकअनुसार ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएको बताएको छ । एकेडेमीले पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ ।
यहाँ गएको मे १२ सम्म मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो । पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ ।
अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस