भारतलाई रुससँग साझेदारी नगर्न अमेरिकाको चेतावनी
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४३७ पटक पढिएको
भारतलाई रुससँग नजिकबाट साझेदारी नगर्न अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनका शीर्ष आर्थिक सल्लाहकारले रुसले युक्रेनमा आक्रमण गरेपछि यस्तो बताएका हुन् । ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषद्का निर्देशक ब्रायन डीजले बुधबार पत्रकारहरूलाई यसबारे जानकारी गराएका हुन् ।
बीबीसीले अरु देशले जस्तै भारतले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको जनाएको छ ।
अमेरिकाले एसियामा चीनको शक्तिको विरोध गर्ने देश रुसी हतियारको सबैभन्दा ठूलो आयातकर्ता भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस