पुटिनका भित्रि सर्कलका मानिसहरूलाई प्रतिबन्ध लगाउने : अमेरिका

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १४४ पटक पढिएको

अमेरिकाले यदी रसियाले युक्रेनमाथि हमला गरेको खण्डमा राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्,‘हामीले चिनेका व्यक्तिहरू क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरूले सरकार निर्माणमा राम्रो भूमिका खेल्छन्’  । 

उनले थपिन्, ‘रसियाका इलाईट परिवारका सदस्यहरूका लागि हामीले विशेष प्रतिबन्ध गर्ने तयारी गरेका छौं’, । 

पछिल्लो समय युक्रेनको मामिलालाई लिएर अमेरिका र रसियाबीच तनाब चुलिरहेको छ । रसियाले युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना परिचालन गरिसकेको छ । रसियाको युक्रेनमाथिको हेपाह प्रवृत्ती लाई पश्चिमेली राष्ट्रहरूले नजिकबाट निहाल्दै आइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित