अमेरिकामा कोरोना संक्रमित बढ्दै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६१ पटक पढिएको
अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएका हुन् ।
अमेरिकामा पछिल्लो हप्तामा प्रति दिन लगभग ५ लाख 50 हजार नयाँ संक्रमित थपिरहेको जनाईएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका नुसार हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरियन्ट पाइएको छ । तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।
यसैबीच सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन् । राष्ट्रपति बाइडनले मंगलबार छिटै कोभिडको तत्कालको अवस्था र स्वास्थ्य संकटलाई सम्बोधन गर्ने समेत बताएका छन् ।
यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहेका छन् । तर पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ ।