अमेरिकाको मिसिसिपीमा गोलि चल्दा ३ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१४ पटक पढिएको

अमेरिकाको मिसिसिपी राज्यमा गोली हानाहान हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । नयाँ वर्षको पार्टीमा धेरै मानिहरुको जमघट भईरहेको बेला त्यहाँको गल्फपोर्टमा गोली चल्दा अन्य ४ जना घाईते भएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
कुल ७ जनालाई गोली लागेको थियो जस मध्ये ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन् । मृत्यु हुनेमा २३ वर्षीय कोरी डुबोस, २८ वर्षीय सेड्रिक म्याककोर्ड र २२ वर्षीय अब्रे लुइस छन् । म्याककोर्डको घटनास्थलमै मृत्यु भएको थियो भने डुबोस र लुइसको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताईएको छ ।
समाचार अनुसार घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । गल्फपोर्ट प्रहरी सार्जेन्ट द सन हेराल्डले घटना लगत्तै गरेको पत्रकार सम्मेलन मार्फत स्थानीय समय अनुसार मध्यरातमा सहरको पश्चिम तर्फ भईरहेको पार्टीमा झगडा भएपछि गोली चलेको बताएका छन् ।
मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान जारी छ ।