अमेरिकाको कोलोराडोमा डढेलो / हजारौ मानिस विस्तापित
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०४ पटक पढिएको
अमेरिकाको कोलोराडो राज्यको दुई सहरमा डढोले फैलिँदा सयौं घर ध्वस्त हुनुका साथै दसौं हजार मानिस विस्तापित भएका छन् । शुक्रबार जंगलको डढेलो सहरमा फैलिन थालेपछि ५ सयभन्दा घर र होटल तथा सपिङ मल जलेका छन् ।
राष्ट्रिय मौसम विभागका अनुसार त्यहाँ हावा १६९ किलोमिटर प्रतिघण्टाको दूरीमा फैलिरहेको छ। जसले केही क्षेत्रमा ठूलो क्षति गर्नसक्ने चेतावनी दिइएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मानिसहरु सुरक्षित स्थानतर्फ भागेका छन् भने कति लाई सुरक्षित स्थानतर्फ लगिएको छ । उद्धारकर्मी र केही स्थानीय डढेलोका कारण घाइते भएको समाचारमा उल्लेख छ । अधिकारीहरुले लुइसभिल्लाबाट २१ हजार बासिन्दा र सुपेरियरबाट १३ हजार बासिन्दालाई विस्थापित गर्नुपर्ने भन्दै सुझाव दिएका छन् । डढेलोको असर पर्ने दुई सहर राजधानी डेनभरबाट ३२ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।
कोलोराडोको राजधानी डेनभरमा भने ७ लाख १५ हजारभन्दा धेरै मानिस बसोबास गर्छन् । डढेलोको परिमाण र तीव्रताका कारण सहरमा यसरी क्षति पुर्याउने यसअघि नै आकलन गरिए पनि यसपटक यति धेरै घरमा असर पारेको यो पहिलो घटना भएको समाचारमा जनाईएको छ ।
स्थानीय सञ्चारमाध्यम डेनभर पोस्टका अनुसार कोलोराडोको इतिहासमै आगोले यति धेरै घरमा क्षति पुर्याएको यो पहिलो घटना हो । आगजनीले केही नेपालीहरूका घरमा पनि क्षति पुर्याएको बताइएको छ ।
बोल्डर काउन्टी शेरिफ जो पेलेले बिहीबार पत्रकार सम्मेलनमा भने, “हामीलाई थाहा भएअनुसार सागामोर उपशाखाका करिब ३७० घर डढेलोका कारण खरानीमा परिणत भएका छन् । आगोको परिमाण, तीव्रता र घना जनसंख्या भएको क्षेत्रमा यसको उपस्थितिले गर्दा यहाँका स्थानीयहरू डढेलोमा जलेर घाइते हुने वा मृत्यु हुने सम्भावना अत्यधिक छ । यद्यपि अहिलेसम्म कुनै हताहतको सूचना बाहिरिएको छैन ।”
लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका बताईएका छन् ।