अमेरिकामा अब ५ दिन मात्र आइसोलेशन बस्नु पर्ने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२१ पटक पढिएको

 

अमेरिकाले लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितको लागि बस्नु पर्ने आइसोलेशन अवधिलाई ५ दिनमा कायम गरेको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी)ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर ५ दिनमा झारेको अन्तराष्ट्रिय संचार माध्यमहरुए जनाएका छन्  । 

निरन्तर कोभिड संक्रमण बढेको र अमेरिकाभर यात्रा अस्तव्यस्त भइरहेको बेला सीडीसीको पछिल्लो सुझाव आएको थियो । सीडीसीले आइसोलेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

अमेरिकामा पछिल्लो समय ओमिक्रोन नै सक्रिय भेरियन्टको रुपमा देखा परेको छ । त्यहाँ पछिल्ला २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्रमण पुष्टि भएका छन् ।

सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ । विभिन्न शहर र स्थानीय अधिकारीहरूले बढ्दो सङ्क्रमणको नियन्त्रणका लागि नयाँ कदमहरू चालिरहेका बताईएको छ ।

तर ओमिक्रोन चिन्ताको विषय भएपनि डराइहाल्नु पर्ने अवस्था नरहेको राष्ट्रपति बाइडेनको भनाइ छ । एक अनलाइन बैठक बोल्दै अमेरिकाका अस्पतालमा अत्यधिक चाप पर्न सक्ने तर मुलुकमा राम्रो तयारी भएको पनि उनले बताए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित