अमेरिकामा ओमिक्रोन !
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४६३ पटक पढिएको
अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि भन्दै ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । मङ्गलवार गरिएको एक सम्बोधनमा उनले परीक्षण तीव्र बनाउनुका साथै पुनः आफूलाई जोगाउन र खोप लगाउन आग्रह गरेका छन् ।
लकडाउनबारे भने अहिलेनै केहि नसोचिएको उनको भनाई छ । ”यो सन् २०२०को मार्च महिना होइन,” उनले भने। ”हामी तयार छौँ । हामीलाई अब अलि बढी थाहा छ ।” अमेरिकामा खोप लगाउनका लागि १० हजार नयाँ केन्द्रहरू स्थापना गर्न लागिएको र उक्त ठाउँमा सैन्य चिकित्सकहरू खटाइने बताईएको छ ।
हाल अमेरिकामा ओमिक्रोन भेरियन्टको दबदबा छ । पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरियन्ट पाइसकेको छ । ओमिक्रोनले न्युयोर्क र वासिङ्टनसहित कैयौँ अमेरिकी सहरहरूमा परिवारका सदस्यहरूसँग भेट्नुअघि परीक्षण गराउने संख्या बढिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ओमिक्रोनका कारण त्यहाँ एक जनाको मृत्यु पनि भइसकेको छ ।
सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरिअन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ । हालसम्म ९० भन्दा बढी मुलुकमा यो भेरियन्ट फैलिएको विश्व स्वास्थ्य संगठनले जनाईसकेको छ ।