अमेरिकाको मिनेसोटामा सात जना मृत फेला

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३४९ पटक पढिएको

 

अमेरिकाको मिनेसोटा राज्यको एक घरमा तीन बालबालिकासहित सात जना मृत फेला परेका छन् । प्रहरीले गत शनिबार राति मिनेसोटाको मूरहेडमा रहेको एउटा घरमा चार वयस्क र तीन बालबालिकाको मृत्यु भएको फेला पारेको हो ।

मृत्युहुनेहरुमा  ३७ वर्षीय बेलिन हर्नान्डेज, ३४ वर्षीय मार्लेनी पिन्टो, ३२ वर्षीय एल्दोर हर्नान्डेज क्यासटिलो, १९ वर्षीय मरिएला गुज्मन पिन्टो, १६ वर्षीय ब्रेय्लिन हर्नान्डेज, ७ वर्षीय माइक हर्नान्डेज, र ५ वर्षीय मार्बेली हर्नान्डेज छन् ।

प्रहरीहरुले अझै पनि मृत्युको कारण बारे अनुसन्धान गरिरहेको, मुरहेड प्रहरी विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रहरीका अनुसार प्रारम्भिक पोस्टमार्टमले मृत्युको कारण अझै स्पष्ट भएको छैन । घटनास्थलबाट संकलन गरेको रगतको नमूनाहरू अनुसन्धानकै क्रममा राखिएको छ । मृतकहरु बीचको सम्बन्ध पनि प्रहरीले खुलाएको छैन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित