जापानमा आगलागीका कारण २७ जनाको मृत्यु भएको आशंका
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २४७ पटक पढिएको

जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । ओशाकास्थित ८ तले भवनमा भएको आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको त्यहाँका दमकल विभागका अधिकारीहरूले बताएका छन् ।
जापानको समाचार माध्यम एनएचकेले शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जनाएको छ । समाचार अनुसार अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ ।
उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ । आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । तर कतिपय अधिकारीले आगो लगाइएको आशंका गरेका पनि समाचारमा उल्लेख छन् । तस्बिर : डिडब्ल्यु