अमेरिकामा महिला खेलाडीलाई दुर्व्यवहार : ३८ करोड डलर क्षतिपूर्तिमा सहमति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६७ पटक पढिएको

 

अमेरिकाका एक पूर्वचिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठूलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

यौन कान्डको वर्षौपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको बीबीसीले जनाएको छ । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमा अहिलेसम्मकै ठूलो मानिएको छ ।

बीबीसीका अनुसार पीडक ल्यारी नासरलाई खेलाडीहरूलाई दुर्व्यवहार गरेकोमा सन् २०१८ मा ३०० वर्षको सजाय सुनाइएको थियो । अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३३० भन्दा बढी महिलाले डा. नासिरले आफूहरूमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । 

अमेरिकी खेल जगतमा हङ्गामा ल्याएको उक्त प्रकरणमा पाँच वर्षको कानुनी लडाईपछि यूएसए जिम्न्यास्टिकसँग त्यस्तो सहमति गरिएको हो । तस्बिर : गेट्टी इमेज 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित