एक घण्टाको अन्तरालमा तीन वटा मिसाइल प्रहार
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४४ पटक पढिएको
उत्तर कोरियाले तीन वटा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाले बताए अनुसार बुधबार उत्तर कोरियाले पूर्वी तटको सागरमा तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको छ ।
क्वाड शिखर सम्मेलनमा सहभागी हुन टोकियो आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । भ्रमणका क्रममा राष्ट्रपति बाइडेन दक्षिण कोरिया पनि पुगेका थिए ।
सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको र करिब दुई सातापछि गरेको यो १७औँ मिसाइल प्रहार हो ।
दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको जनाएको छ । सीएनएन
प्रतिक्रिया दिनुहोस