पोखरा महानगरमा प्रमुख र उपप्रमुख फेरी दोहोरिने निश्चित
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११५ पटक पढिएको
पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा नेकपा एमाले फेरी दोहोरिने निश्चित भएको छ।
प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य हालसम्म ५७ हजार ७२ मत पाएका छन् भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् ।
यस्तैगरि उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५९ हजार ७० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत ल्याएकी छन् ।
१ लाख ३९ हजार मत गणना हुँदा दुवैको गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।
पोखरामा १ लाख ४३ हजार २२६ मत खसेकोमा अब ३ हजार ८१५ मत गन्न बाँकी रहेको छ।
सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यको जित र उपमेयरमा नेकपा एमालेकी गुरुङको जित निश्चित भएको छ । महानगरमा लोकप्रिय मतसहित ३ हजार ९९० मतान्तरले अगाडि छिन् ।
पोखरा महानगरमा हालसम्म ३० वटा वडाको नतिजा आइसकेको छ । जसममध्ये नेपाली कांग्रेसले २२ वटा वडामा जित निकालेका छ भने नेकपा एमालेले ८ वटा वडामा जित निकालेको छ ।