वीरगन्ज महानगरपालिकामा २० हजारको मतान्तरले नेपाली काँग्रेस विजयी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११० पटक पढिएको

पर्साको वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेस विजयी भएको छ। उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोतम् लाल झाले ९ हजार ५६८ मत पाएर पराजित भए। दुई उम्मेदवारबीच २० हजार २१० मतान्तर रहेको छ । 

यस्तैगरि राप्रपाकी बिना जैसवालले ५ हजार ९८८, जनमत पार्टीकी अनितादेवीले १९४ तथा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा स्वतन्त्र उम्मेदवार वीरेन्द्र साहले शून्य मत पाएका र उनको आफ्नै मत पनि हराएको मतपरिणाममा  उल्लेख छ ।

वीरगन्जमा  उपमेयरका १० उम्मेदवार रहेकामा अर्का स्वतन्त्र उम्मेदवार रामबाबु महतोले १ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार सालीकराम प्रसाद कानुले २४२ मत पाए ।  यसैगरी दीपकप्रसाद पटेल, दिनेश कुमार कुशहवाले क्रमशः ५ र ८ मत पाए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित