रेनु दाहालको दोस्रो जित
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७१ पटक पढिएको
रेनु दाहाल दोस्रो पटक भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकी छन् । उनी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी थिइन् ।
उनले महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरिसकेकी छिन। उनी पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृका रूपमा पनि स्थापित छन् ।
उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई भरतपुर महानगरपालिकाको प्रमुख पदमा ५ वर्षे कार्यकाल पूरा गरिसकेकी छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई हराएकी थिइन् भने अहिले नेकपा एमालेकै बिजय सुबेदीलाई पछि परेकी छिन्।

प्रतिक्रिया दिनुहोस