रेनु दाहालले लीइन १० हजार भन्दा बडी मतको अग्रता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५५ पटक पढिएको

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन। १० हजार मतको अन्तरले दाहाल अगाडी छिन भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदी दोस्रो स्थानमा छन्।
दाहालले  ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेनको मत ४५ हजार ४६८ छ र राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत २७ हजार ४६ छ । अधिकारी र गुरुङबीच १८ हजार ४२२ मतको फरक छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित