अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री अल्बानीजले आज शपथ ग्रहण गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२१ पटक पढिएको

अष्ट्रेलियाको लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले सोमबार देशको ३१औं प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री अल्बानीजले जलवायु परिवर्तन र असमानतालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै टुटेको चुनावी अभियानपछि देशलाई एकजुट बनाउने वाचा गर्दै शपथ लिएका हुन् ।

लेबर नेता एन्थोनी अल्बानीजले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन र जापान र भारतका प्रधानमन्त्रीहरूसँगको "क्वाड" शिखर सम्मेलनमा भाग लिन टोकियो जानुअघि पार्टीका चार वरिष्ठ सदस्यसहित सोमबार ३१ औं प्रधानमन्त्रीको रूपमा सपथ लिने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र छिमेकी न्यूजिल्याण्डकी जेसिन्डा आर्डर्नलगायत विश्वका धेरै नेताहरूले अल्बानीजलाई बधाई ज्ञापन गरेका छन् ।

"म देश परिवर्तन गर्न चाहन्न। म यो देशमा राजनीति गर्ने तरिका परिवर्तन गर्न चाहन्छु," अल्बानीजले सिड्नीको उपनगरमा रहेको एउटा क्याफेबाट निस्किदैं पत्रकारहरूलाई भने । बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित