आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४५ पटक पढिएको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको हो ।

वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुन: १० रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धन (आन्तरिक) र खाना पकाउने ग्यासको मूल्य समेत वृद्धि गरेको छ । हवाई इन्धन प्रतिलिटर १० रुपैंयाँले वृद्धि गरेर १६६ प्रतिलिटर र  ग्यास प्रति सिलिण्डर २०० रुपैयाँले वृद्धि गरेर १८०० कायम गरिएको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ । निगमले घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गरेको जनाएको छ । 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित