भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको केन्द्र सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो ।

वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घटाउने निर्णय गरेको जानकारी सार्वजनिक गरेकी छन् । त्यस्तै सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन् ।

२२ मार्चपछि भारतमा लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो । भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । एनडी टिभी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित