बागलुङमा हेलिकप्टरको आकस्मिक अवतरण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६५ पटक पढिएको

पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर  मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाका अनुसार मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको हो।  
एक बालकसहित ६ जना यात्रु रहेको हेलिकप्टर मौसममा सुधार आएपछि गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए पोखरा फर्कनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित