अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री देउवाको भेटबार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८८ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाको भेटबार्ता भएको छ। प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ । जियाको तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् । अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा प्रधानमन्त्री देउवाले खुसि भएको उल्लेख गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित