दुल्लु नगरपालिकामा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३४३ पटक पढिएको
दैलेख जिल्लाको दुल्लु नगरपालिकामा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने भएको छ।
दुल्लु नगरपालिका भित्रका गर्भवतीलाई नवनिर्वाचित नगरप्रमुख भरत रिजालले निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णय गरेका छन्।रिजालले शुक्रवार नगरप्रमुखको पदभार ग्रहण गर्दै दुल्लुबाट उपचारका लागि बाहिर लैजानुपर्ने महिलालाई निःशुल्क गर्ने निर्णय गरेका हुन्।
दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा सुरक्षित सेवा प्रदान गर्ने सिलसिलामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्ने अस्पतालमा बिरामीहरूलाई लैजानुपर्ने हुदा नगरपालिका भित्रका गर्भवती तथा प्रसूति महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था रहेकाले स्थानीय सरकार गाउँका गरिब जनताका लागि आफूले पहिलो निर्णय गर्भवतीलाई निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको रिजालको भनाइ छ।