सिद्धूले आत्मसमर्पण नगरे प्रहरीले पक्राउ गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१५ पटक पढिएको

पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई सर्वोच्च अदालतले तीन दशकभन्दा पुरानो रोड रेजको मुद्दामा एक वर्षको जेल सजाय सुनाएको थियो।
सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका थिए । उनि कुनै पनि हालतमा जेल जानुपर्ने भएको छ । पञ्जाब कांग्रेसका पूर्व प्रधान सिद्धूले आजै आत्मसमर्पण नगरे प्रहरीले कारवाही गर्ने भएको छ।
क्युरेटिभ पिटिशनलाई तत्काल सुनुवाई गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । उनले अब अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ नभए उनलाई पञ्जाब प्रहरीले पक्राउ गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित