युगाण्डा र नेपालबीचको खेलमा हिरनान्माये रोयको डेब्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९७ पटक पढिएको
अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० को टस जितेर नेपालले ब्याटिङ गर्ने भएको छ । रातभरको वर्षाका कारण खेल पौने घण्टा ढिला गरी पाैने २ बजेदेखि सुरु हुँदैछ । सो खेल १८ ओभरको हुनेछ ।

किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा आज भने नेपाल तर्फबाट टिममा परिवर्तन गरिएको छ ।
नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डासँगको शृंखला गुमाइसकेपछि आज सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस