सिद्धुलाई एक वर्षको जेल सजाय

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४४ पटक पढिएको

पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । उनलाई रोड रेजको मुद्दामा जेल सजाय सुनाइएको हो । यो मुद्दा तीन दशकभन्दा पुरानो हो ।
सन् १९८८ मा सिद्धुमाथि गुरनाम नामका व्यक्तिलाई कुटपिट गरेको आरोप लगाइएको थियो जसको त्यसपछि मृत्यु भएको थियो । पीडित परिवारले यस मामिलामा सर्वोच्च अदालतको २०१८ को फैसलाविरुद्ध पुनरावलोकन याचिका दायर गरेका थिए।
तल्लो अदालतले यस मामिलामा सिद्धुलाई सफाइ दिएको थियो तर सन् १९९९ मा उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपील गरिएको थियो। पञ्जाब-हरियाणा उच्च अदालतले सिद्धुलाई तीन वर्षको जेल सजाय सुनाएपछि यो मामिला सर्वोच्च अदालत पुगेको थिय। सर्वोच्चले सन् २०१८ मा आदेश दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित