जुत्ताभित्र सुन लुकाएर ल्याउने युवक पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४३ पटक पढिएको
काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।
कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी पक्राउ परेका छन्।
उनि सुनसहित पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । विशेष सूचनाको आधारमा मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले जैसीलाई सुनसहित पक्राउ गरेको हो।
जैसीले लगाएको जुत्ताभित्र १०/१० तोला तौल भएको तीन वटा बिस्कुट आकारको सुन भेटिएको डिएसपी थापाले बताए।
डिएसपी पाठकले पक्राउ परेको जैसीलाई सुन सहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको बताए।

प्रतिक्रिया दिनुहोस