यशोधरा गाउँपालिकामा एमालेले तीन वटा वडामा विजयी प्राप्त
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९८ पटक पढिएको
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले हात परेका छन्। सो गाउँपालिकाको अध्यक्षमा शिवदयाल तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन्। यससंगै तिवारीले १२६२ मतको अग्रताले अध्यक्षमा निर्वाचित भएका छन।
त्यस्तैगरी उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएकी छिन्। उनले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरिन् । ८ वटा वडा रहेको गाउँपालिकामा एमालेले तीन, कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।
प्रतिक्रिया दिनुहोस