रेनु दाहाल १८५२ मतले अगाडि
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४५० पटक पढिएको
चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।

रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । उनीहरु बीच १ हजार ८५२ मतको फरक छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ६९६ मत पाएका छन् ।
उपमेयर पदमा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् ।
अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँदा एकीकृत समाजवादीको पक्षमा ४९३ मत परेको छ ।
प्रतिक्रिया दिनुहोस