२१ वर्षको उमेरमा नायिकाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४८ पटक पढिएको
कन्नड टिभी अभिनेत्री चेतना राजको २१ वर्षको उमेरमा निधन भएको छ । उनले बेंगलुरुको एक अस्पतालमा अन्तिम सास फेरिन् ।
केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएको र भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थालेको भारतीय मिडियाले जनाएको छ। शल्यक्रियामा भएको गल्तीको कारण उनको मृत्यु भएको संखा छ।
उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि उनको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो।
नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरेका छन्।
चेतना कन्नड टिभी इन्डष्ट्रिका एक चर्चित नायिका थिइन् । उनले थुप्रै टिभी शोमा काम गरेर आफ्नो विशेष पहिचान बनाएकि थिइन्।