बालेन साहको अग्रता कायमै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०३ पटक पढिएको

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले निकै मतले अग्रता कायम गरेका छन् । बुधबार बिहान १० बजेसम्मको विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा शाहले ७ हजार ७ सय बढी मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाउँदा उनले १६ हजार ५२ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । 

त्यसैगरी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित