जाजरकोटमा गठबन्धनले लग्यो मेयर र उपमेयर
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०६ पटक पढिएको
जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित भएका छन् । उनले ५५९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत पाएका छन। रावतले फराकिलो १९७३ मतान्तरले जित हासिल गरेका हुन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी सुरिता सिंह निर्वाचित भएकि छिन्।
नेपाली कांग्रेसकी सिंहले ५४०६ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई ३३९३ मत प्राप्त गरेकी थिइन् यससंगै कांग्रेसकी सिंहले २०१३ मतान्तरले जित हासिल गरेकी हुन्।
नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस