भरतपुरमा मतान्तर बढाउँदै रेनु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०२ पटक पढिएको
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको मतान्तर बढ्दै गएको छ।

पछिल्लो अपडेटअनुसार १८ हजार ३ सय ६३ गणना गर्दा रेनुले ६ हजार ५ सय २४ मत ल्याएकी छन्। एमालेका विजय सुवेदीले भने ६ हजार ३ सय २६ मत ल्याएका छन्। गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु र एमालेका विजयबीच १९८ मतान्तरको फरक छ।
यसैगरी, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३१ सय ८१ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९ सय ३९ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार १ सय ९७ मत ल्याएकी छन्।
प्रतिक्रिया दिनुहोस