बझाङको ६ वडामा एमाले विजयी
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४४ पटक पढिएको
बझाङस्थित तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन्।

अध्यक्षमा एमालेका कलक बहादुर रोकाया निर्वाचित भएका छन्। उनले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए।
त्यसैगरी उपाध्यक्षमा पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए। स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन्। ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ।
प्रतिक्रिया दिनुहोस