भिमाद नगरपालिकाको मेयर र उपमेयर दुबैमा एमाले

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेका दधिकाज सुवेदी विजयी प्राप्त गरेका छन्। 

कांग्रेस र समाजवादीबीच गठबन्धन भएको यो नगरपालिकामा मेयरमा एमालेका सुवेदी ८ हजार १ सय २८ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८ सय ५७ मत प्राप्त गरे।

यससंगै उपमेयरमा एमालकै शारदा खनाल निर्वाचित भइन्। उनले ७ हजार ६ सय ६७ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका मिलन आले ७ हजार २ सय ५ मत प्राप्त गर्दै दोस्रो भए। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित