सीके राउतको वडामा जनमतको प्यानलै विजयी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०२ पटक पढिएको
२ जेठ, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको वडामा उनको पार्टीको प्यानल नै विजयी भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका-२ को अध्यक्षमा जनमतका जागेश्वर इसरसहित प्यानल नै विजयी बनेको छ ।इसरले ९९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अमरलाल मण्डलले ६ सय ९ मत प्राप्त गरे । यो वडा राउतको पुर्ख्यौली गाउँ हो ।
प्रतिक्रिया दिनुहोस