सवारी दुर्घटनामा नौ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४२ पटक पढिएको
काठमाडौं, २ जेठ

दार्चुला, शैल्यशिखर नगरपालिका-६ स्थित ग्वानीमा गोकुलेश्वर बजारबाट
ग्वानीतर्फ जादै गरेको म.१ ज २७७ नम्बरको हाईस सडकबाट करिब ५ सय मिटर तल
भिरमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक
शैल्यशिखर नगरपालिका-६ ग्वानी बस्ने २३ वर्षीय प्रकाश सिंह धामी, हाईसमा सवार सोही
ठाउँ बस्ने १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामीको घटनास्थलमै मृत्यु भएको हो ।
रसुवा, उत्तरगया गाउँपालिका-५ नौबिसेस्थित भित्री सडकमा बा.९६ प २०९४
नम्बरको मोटरसाइकल सडकबाट करिब १० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक
सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा सवार नुवाकोट बिदुर
नगरपालिका-१० बेत्रावती बस्ने ४३ वर्षीया पम्फा तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
स्याङजा, पुतली बजार नगरपालिका-२ देवीस्थानस्थित सडकबाट ग.११ प ८०११
नम्बरको स्कुटर करिब १ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक
बिरुवा गाउँपालिका-४ खुदी बस्ने १८ वर्षीय रोहित वस्यालको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको
हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि मेट्रो
सिटी अस्पताल पोखरा पठाइएको छ ।
डोटी, दिपायल सिलगढी नगरपालिका-४ सुनगडामा सु.प.प्र. ०१००८ प ६६०५
नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा
सवार सोही ठाउँ बस्ने २४ वर्षीय नवराज कठायतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको
छ ।
सिरहा, कर्जन्हा नगरपालिका-२ स्थित सडकमा प्र.१-०२ ०४५ प ८८८७ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मोरङ रंगेली
नगरपालिका-९ बस्ने ३८ वर्षीय उमेश बिश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रमममा मृत्यु
भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही
अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा, जनकनन्दनी गाउँपालिका-१ कमला खोलास्थित सडकमा प्र.२-०१-००१ त
०९९२ नम्बरको ट्याक्टरको ठक्करबाट सिरहा लहान नगरपालिका-१ पटेर्बा बस्ने ४५
वर्षीया गुर्मी देवी चमारको आइतबार राति मृत्यु भएको छ । प्र. २-०१-००१ त ०८३२
नम्बरको ट्याक्टरमा खर्बुजा लोड गरिरहेको अवस्थामा गुर्मी देवीलाई उक्त ट्याक्टरले ठक्कर
दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु
भएको हो । दुवै ट्याक्टर र प्र.२-०१-००१ त ०९९२ नम्बरको ट्याक्टरका चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।